यी हुन् निषेधाज्ञा जारी भएका ४५ जिल्ला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यी हुन् निषेधाज्ञा जारी भएका ४५ जिल्ला


२० बैशाख २०७८, सोमबार


काठमाडौँ । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि देशका करिब आधा भन्दा बढी जिल्लामा पूर्ण र आसिक निषेधाज्ञा जारी गरिएको छ ।

अहिलेसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा मात्र आंशिक र बाँकी ३६ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञा जारी भएको छ । आवश्यकता अनुसार जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)ले निषेधाज्ञा बढाउन सक्नेछन् ।

गत १३ वैशाखको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय सङ्क्रमितको सङ्ख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने अधिकार जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) लाई दिएपछि यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरी रहेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस