कर्मचारीमा कोरोना पुष्टि भएपछि सिराहा प्रशासनका अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चित कालीन स्थगित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्मचारीमा कोरोना पुष्टि भएपछि सिराहा प्रशासनका अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चित कालीन स्थगित


२० बैशाख २०७८, सोमबार


जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिराहामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालय बन्द भएको छ।

राजश्व सङ्कलन काउन्टरमा कार्यरत एक कर्मचारी कोरोना सङ्क्रमित भएपछि अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए।

उनले कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सबै कर्मचारीको पीसीआर चेक गराइएको र अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताए ।

कँडेलले कार्यालय अचानक बन्द हुँदा सयौँ सेवाग्राही काम नबनी घर फर्किन बाध्य भएकोले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस