वैशाख २३ गतेदेखि वैदेशिक रोजगारीमा जान बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वैशाख २३ गतेदेखि वैदेशिक रोजगारीमा जान बन्द


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


काठमाडौँ । वैशाख २३ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरु जान नपाउने भएका छन् । सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका श्रमिक पनि जान नपाउने भएका हुन् ।

यसअघि २०७६ चैतमा सरकारले लकडाउन गर्दा पनि श्रमिकहरु विदेश जानबाट रोकिएका थिए । सरकारले २०७७ असारपछि मात्रै श्रमिकलाई विदेश जान श्रम स्वीकृति दिन थालेको थियो ।

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि विदामा आएका श्रमिकहरु पनि वैशाख मसान्तसम्म यतै बस्नु पर्ने निश्चित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस