धनगढी । कोरोना संक्रमण बृद्धि हुँदै गएपछि बैतडीमा पनि भोलिदेखि निषेधाज्ञा लागू हुने भएको छ ।
आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसका आधारमा बैतडीमा भोलि बिहान ६बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा जेठ २ गते राति १२ बजेसम्म कायम रहने छ । यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन् ।