कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको मृत्यु


प्रशासन संवाददाता

१९ बैशाख २०७८, आइतबार


धनगढी । कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको मृत्यु भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा स्थायी ठेगाना भएकी ४४ वर्षीया चौधरीको कोरोना संक्रमणबाट आइतबार दिउँसो धनगढीमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

कलेजो र मिर्गौलासम्बन्धी समस्याले ग्रस्त चौधरी धनगढीको नवजीवन अस्पतालमा उपचाररत थिइन् । शनिबार मात्र अस्पताल भर्ना भएकी चौधरीलाई आइतबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस