नेप्से ५४ अंकले बढ्यो « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेप्से ५४ अंकले बढ्यो


प्रशासन संवाददाता

१९ बैशाख २०७८, आइतबार


शेयर बजार

काठमाडौँ । साताको पहिलो दिन आज सेयर बजार बढेर हरियो देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २ हजार ६ सय ६५.११ अंकमा पुगेको हो ।

केहि दिन अघिसम्म सुस्ताएको सेयर कारोबार रकम पनि आज बढेको छ । दिनभर भएका २२६ कम्पनीको ८३ हजार ४ सय ४ कारोबारबाट १ करोठड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँको कारोबार भएको छ । समूहगत सूचकहरु सबै बढ्दा वशाल बजार कम्पनीका लगानीकर्ताहरुले धेरै कमाएको छन् । यसैगरी महिला लघुवित्त, सिंगटी हाइड्रो इनर्जी, सानिमा जनरल इन्स्यारेन्स र सिनजी पावर लगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

उता धेरै मूल्य घट्नेमा एभरेष्ट बैंक, सनराइज फस्र्ट म्युचुअल फण्ड, एनआईवीएल समृद्धि फण्ड, नेपाल हाइड्रो डेभलपर्स लगायत देखिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस