चाटर्ड र उद्धारबाहेक सबै आन्तरिक उडान रोक्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चाटर्ड र उद्धारबाहेक सबै आन्तरिक उडान रोक्ने


१७ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । चाटर्ड र उद्धार उडानबाहेक सबै आन्तरिक उडानहरू बन्द हुने भएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी) को बैठकले बढ्दो कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चाटर्ड उडान र उद्धार उडानबाहेकका सबै आन्तरिक उडानहरू रोक्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यसैगरी विदेशबाट आउने नागरिकहरूलाई अनिवार्य होटेलमा आइसोलेसनमा बस्ने र नमाने निष्कासन गर्नेसम्मका निर्णय भएको सहभागी एक अधिकारीले जनाएका छन् ।

बैठकले स्वास्थ्यका कर्मचारी एक वर्षका लागि करारमा नियुक्त गर्ने विषयमा पनि निर्णय गरेकाे छ ।

त्यसैगरी शव जलाउन लाग्ने खर्च सरकारले नै व्यहोर्ने विषयमा पनि बैठकमा छलफल भएको सहभागी ती अधिकारीकाे भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस