दैलेखमा कोरोना संक्रमित गर्भवतीको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दैलेखमा कोरोना संक्रमित गर्भवतीको मृत्यु


प्रशासन संवाददाता

१७ बैशाख २०७८, शुक्रबार


सुर्खेत । दैलेखमा कोरोना संक्रमित एकजना गर्भवतीको मृत्यु भएको छ । जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

मृत्युपछि गरिएको परीक्षणमा महिलामा संक्रमण पुष्टि भएको थियो । १०८ जना सक्रिय संक्रमित रहेको दैलेखमा १० जना अस्पतालमा उपचाररत छन् ।

ती मध्ये ५ जनाको अक्सिनजनको सहायतामा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस