चार सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध निर्वाचन आयोग पुगे ठाकुर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चार सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध निर्वाचन आयोग पुगे ठाकुर


प्रशासन संवाददाता

१७ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।

ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताए ।

पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको ठाकुरको भनाई रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस