युवा तथा खेलकुद मन्त्री बने दीपक मनाङे, पद तथा गोपनीयताको शपथ केही बेरमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

युवा तथा खेलकुद मन्त्री बने दीपक मनाङे, पद तथा गोपनीयताको शपथ केही बेरमा


१६ बैशाख २०७८, बिहिबार


पोखरा । दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित उनले केही बेरमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।

२०७४ सालको मङ्सिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका मनाङे तत्कालीन एमालेको समर्थनमा निर्वाचन जितेका थिए। मनाङको प्रदेश ९ख० बाट प्रदेश सभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए।

राप्रपासँग निकट उनी कुनै बेला काङ्ग्रेससमेत भएका थिए। गुरुङ २०७४ असोजमा एकाएक एमाले छिरेका उनले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र हैसियतमा उम्मेदवार बने र पछि एमालेकै समर्थनमा चुनाव जिते।

बुधवार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुन नसकेपछि मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही एकाएक बेपत्ता भएर अस्पतालको आइसियुमा भेटिएपछि बुधवारको प्रदेशसभा बैठक अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित भएको छ । यही मौकामा मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस