कर्णालीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्णालीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

१६ बैशाख २०७८, बिहिबार


सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ ।

सुर्खेत र सल्यानका एक/एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कालिकोटको नरहरिनाथ गाँउपालिका–९ का ७३ वर्षीय पुरुषको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । उनमा श्वासप्रश्वास प्रणालीमा अवरोधको समस्या भएपछि वैशाख ११ गते प्रदेश अस्पताल भर्ना गरिएको थियो ।

यस्तै, सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममै मृत्यु भएको हो । केही दिनअघि सल्यान अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए ।

श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बेलुका सवा ८ बजे उनलाई अस्पतालमा ल्याइएको र अक्सिजन दिँदादिँदै मृत्यु भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस