कलङ्कीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कलङ्कीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


१६ बैशाख २०७८, बिहिबार


काठमाडौँ । कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा६१प १५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो ।

बुधबार राति दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलङ्कीमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस