पूर्वरानी कोमललाई आईसीयूमा सारियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वरानी कोमललाई आईसीयूमा सारियो


१६ बैशाख २०७८, बिहिबार


काठमाडौँ। पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ । श्वासप्रश्वासमा समस्यासँगै अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो ।

कोरोना संक्रमणपश्चात पूर्वराज दम्पती काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको जनाइएको छ ।

पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको र उनलाई अक्सिजनको सपोर्ट आवश्यक नपरेको अस्पतालले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस