राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा १ करोड ६१ लाख खर्च हुने आयोगको अनुमान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा १ करोड ६१ लाख खर्च हुने आयोगको अनुमान


१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक कार्यविधि तयार पारेको छ ।

निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि एक करोड ६१ लाख ३० हजार बजेट अनुमान गरिएको छ । कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचारसमेत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यसैबीच, आयोगले न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस