नेपालमा अक्सिजनको अभाव हुँदैन : सरकार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालमा अक्सिजनको अभाव हुँदैन : सरकार


१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । सरकाले नेपालमा अक्सिजनको अभाव हुन नदिने बताएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा अक्सिजनको अभाव हुन नदिने निष्कर्ष निकालेको हो ।

हाल नेपालमा रहेका अक्सिजन प्लान्टबाट उत्पादित २० प्रतिशत अक्सिजन मात्रै खपत भइरहेको सरकारको दाबी छ । नेपालमा उपलब्ध प्लान्टलाई पूर्ण क्षमतामा चलाएको अवस्थामा अस्पतालमा अक्सिजन अभाव नहुने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले बताए ।

अक्सिजनको सिलिन्डर भने अभाव हुनसक्ने भन्दै ५० हजार सिलिन्डर ल्याउने निर्णय भएको र त्यसमध्ये तत्काल फास्ट ट्र्याक विधिबाट २० हजार सिलिन्डर ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरेको मन्त्री ठगुन्नाले जानकारी दिए । यसका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइसकिएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले अक्सिजन प्रयोग हुने उद्योगहरू अर्को सूचना आउँदासम्मका लागि बन्द गर्न निर्देशन दिइसकेको छ । देशभरका प्रत्येक अस्पतालमा बेड थप गर्ने निर्णय बैठकले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस