कास्कीमा बुधवारदेखि निषेधाज्ञा, सवारी साधनमा जोड बिजोर प्रणाली लागू « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कास्कीमा बुधवारदेखि निषेधाज्ञा, सवारी साधनमा जोड बिजोर प्रणाली लागू


१३ बैशाख २०७८, सोमबार


पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले पर्सि बुधवारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले संक्रमाकम रोग ऐन र स्थानीय प्रशासन ऐनअनुसार वैशाख १५ गते बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि आदेश जारी गरेका हुन् ।

आदेशमा अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन र हिँडडुल गर्न रोक लगाइएको छ भने अत्यावश्यक सेवा बाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर लागू गरिएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सवारी चलाउनुपर्नेछ ।

सिनेमा हल, पार्टी प्यालेस, क्लब, फुटसल, खेलकुद स्थान, ब्युटी पार्लर, सैलुन, फुटपाथ सेवा तथा स्थानहरू बन्द हुनेछन् ।

विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस वा होटेलमा गर्न पाइने छैन भने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने छ र १५ भन्दा बढी सहभागी हुन पाइने छैन ।

दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामाग्रीका पसलहरू बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ । अरू पसल, डिपार्टमेन्ट स्टोर सपिङ मल बन्द हुनेछन् ।

बैङ्क तथा वित्तीय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नुपर्नेछ भने होटेल तथा रेस्टुराँले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा दिन सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस