कोभिड सम्बन्धी दर्जन जति सिफारिस मन्त्रिपरिषदमा, कर्मचारीलाई आलोपालो काम गराइने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोभिड सम्बन्धी दर्जन जति सिफारिस मन्त्रिपरिषदमा, कर्मचारीलाई आलोपालो काम गराइने


१३ बैशाख २०७८, सोमबार


काठमाडौँ । कोभिड सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी) ले कोभिड नियन्त्रणका लागि दर्जन जति निर्णयहरू मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले शुरु हुन लागेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीले पठाएका विभिन्न ११ वटा निर्णयहरुबारे छलफल हुने बालुवाटार स्रोतले प्रशासनलाई जानकारी गराएको छ ।

जसमा कोरोना सङ्क्रमण बढिरहँदा सरकारी कार्यालयमा कार्यालय प्रमुखले कार्यालयमा असर नहुने गरी आलोपालो व्यवस्था मिलाउने, हवाई आवागमनलाई कडाइ गर्दै नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई १४ दिने अनिवार्य क्वारेनटिन राख्ने र यसरी आउने विदेशीहरूले खोप लगाएको हुनुका साथै कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य गर्न सिफारिस गरेको छ ।

त्यस्तै सीमा नाकाबाट नेपालीलाई प्रवेश गर्न दिने र विदेशी नागरिकलाई कडाइ गर्ने, सहरी क्षेत्रमा ५०० भन्दा बढी र पहाडी तथा हिमालीमा २०० सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यही आउँदो १५ गते९बुधवार० बिहान ६ बजेदेखि निशेषाधा जारी गर्नेलगायत विषयहरू सिफारिस गरेको छ ।

आज ५ बजे बस्ने भनिएको बैठकका लागि सबै मन्त्रीहरू उपस्थित भइसकेका छन् । बैठक अबको केही बेरमै शुरु हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस