जनता सचेत हुनुपर्छः शिक्षामन्त्री श्रेष्ठ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनता सचेत हुनुपर्छः शिक्षामन्त्री श्रेष्ठ


१३ बैशाख २०७८, सोमबार


चितवन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज यहाँ आएका श्रेष्ठले भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन दिइएको जानकारी दिए । उनले भने ‘आजदेखि ए लेभलबाट कुनै पनि परीक्षा नचलाउने निर्णय गरिएको छ ।’

उनले एक हजार ८०० विद्यार्थीको भविष्यसँग जोडिएका कारण भर्चुअल माध्यमबाट विश्वविद्यालयको दीक्षान्त समारोह गर्न लागिएको प्रष्ट पारे ।

उनले भने ‘विधि र प्रक्रिया पुर्‍याउनका लागि मात्र कार्यक्रम गर्नुपरेको हो ।’ तत्काल सरकार बन्दाबन्दीका पक्षमा नरहेको जनाउँदै उनले थपे ‘बन्दाबन्दी गर्नुपर्छ भन्ने पक्षमा अहिले सरकार छैन । स्वास्थ्य मापदण्डलाई पालना गरेर सबै हिँड्नुपर्‍यो ।’ परिस्थिति खतरा भयो भने बन्दाबन्दी पनि गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले भने, ‘सरकार मात्र कराएर हुँदैन, जनता पनि सचेत हुनुपर्छ ।’ हामी सबै मिलेर समाधानको बाटातिर जानाको विकल्प नरहेको उनले बताए । निराश भएर नआत्तिन अनुरोध गर्दै उनले उच्च मनोबलका साथ व्यवस्थापन गर्दै जानुपर्छ भने ।

Tags :
प्रतिक्रिया दिनुहोस