सिमा नाकाबाट विदेशी नागरिकलाई नेपाल प्रवेश गर्न नदिन सीसीएमसीको सरकारलाई सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिमा नाकाबाट विदेशी नागरिकलाई नेपाल प्रवेश गर्न नदिन सीसीएमसीको सरकारलाई सिफारिस


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । कोभिड –१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

भारतमा कोरोना संक्रमण भयावह बन्दै गएपछि सीमा नाकाहरुमा कडाइ गर्नुपर्ने आवाज उठ्दै आएको छ । सीमानाकामा नेपालीहरुको आवागमन रोक्ने निर्णय भने नभएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।

सीसीएमसीको प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृत गरेमा सीमानाकाबाट भारतीयहरु नेपाल पस्न पाउने छैनन् । यो निर्णयले नेपालमा मालवस्तुको आयात निर्यातलाई भने प्रभाव नपार्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस