तामाङले सम्हाले एमाले कार्यालय सचिवको पद « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तामाङले सम्हाले एमाले कार्यालय सचिवको पद


प्रशासन संवाददाता

१२ बैशाख २०७८, आइतबार


शेरबहादुर तामाङ

काठमाडौँ । नेकपा एमाले महाधिवेशन आयोजक कमिटी सदस्य शेरबहादुर तामाङले केन्द्रीय कार्यालय सचिवको पद सम्हालेका छन् ।

केन्द्रीय कार्यालय बबरमहलमा कार्यालय प्रमुख रहेका महासचिव ईश्वर पोखरेलको उपस्थितिमा पदभार ग्रहण गरेका हुन् ।

गएको १० वैशाखको बैठकबाट तामाङले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । अध्यक्ष केपी शर्मा ओलीले तामाङलाई बागमती प्रदेशको सहइन्चार्जको समेत जिम्मेवारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस