महन्थ ठाकुरको आफू पक्षका सांसदसँग वैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महन्थ ठाकुरको आफू पक्षका सांसदसँग वैठक


९ बैशाख २०७८, बिहिबार


काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदहरुलाई छलफलका लागि बोलाएका छन् ।

आज (बिहीबार) उनले पूर्व राष्ट्रिय जनता समाजवादी पार्टीका सांसदहरुको भेला बोलाई छलफल गरेका हुन् । अनौपचारिक भनिएको बैठकमा अध्यक्ष ठाकुरले पार्टीमा के भइरहेको छ भन्ने विषयमा ब्रिफिङ गरेको सहभागी एक सांसदले जानकारी दिएका छन् । सत्ता सहकार्यका विषयमा जनता समाजवादी पार्टीभित्र अहिले दुई धार देखिएको छ ।

पूर्व समाजवादी पार्टी अर्थात अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्ष नेकपा एमाले बाहेकका दलहरुसँग सत्ता सहकार्य गर्नुपर्ने पक्षमा छ भने पूर्व राजपा अर्थात महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहकार्य गर्ने पक्षमा छन् ।

गत मंगलवार प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि अध्यक्ष ठाकुरले माग पुरा भएपछि लिखित सहमति जनाउने प्रतिवद्धता जनाइ सकेको कारण त्यसको बारेमा रणनीति बनाउन आफ्ना पक्षका सांसदसँग छलफल गर्न लागि भएको बताइएको छ । गण्डकी प्रदेशमा जनता समाजवादी पार्टी समेत मिलेर मुख्यमन्त्री पृथ्वीसब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ भने लुम्बिनी प्रदेशमा जसपाका चार नेता मन्त्री नियुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस