२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मास्क अनिवार्य गराउन सडकमा अनुगमन समिति

अ+ अ-

कर्णाली । दोस्रो चरणको कोरोना सङ्क्रमणको जोखिम बढ्दै जान थालेपछि जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले अनुगमन समितिलाई सडकमा खटाएको छ ।

व्यवस्थापन केन्द्रको निर्देशनानुसार अनुगमन समितिले आफ्नो सक्रियता बढाएको छ । अनुगमन टोलीका संयोजक रोमबहादुर महतका साथै केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टसहितको अनुगमन टोलीले आजदेखि स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन थालेको छ ।

अनुगमन टोलीले वीरेन्द्रनगर बजारका प्रत्येक पसल पुगी बिक्रेता तथा ग्राहक, पैदलयात्रु, मोटरसाइकलमा सवार यात्रुलाई मास्क लगाउन निर्देशन दिएको छ । अनुगमनका क्रममा अधिकांशले मास्क लगाएको, केहीले नलगाएको, पकेटमा राखेको पाइएको अनुगमन टोलीका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी महतले बताए । उनका अनुसार मास्क प्रयोगमा हेलचक्र्याइँ गर्नेलाई अनिवार्यरुपमा मास्क लगाउन निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले केन्द्रको निर्णयअनुसार स्वास्थ्य मापदण्ड पालना गरे नगरेको यसरी नै अनुगमन गरिने बताए । उनले मास्क अनिवार्य प्रयोग गर्दा कोरोनाको जोखिम कम हुने भएकाले सबैलाई स्वास्थ्य मापदण्ड पूर्णपालना गर्न निर्देशन दिइएको जनाए ।

टोलीले सुर्खेतस्थित ठूला होटल, ट्रकोमा रिसोर्ट, स्वीमिङ पुलका साथै प्रदेश अस्पतालमा सञ्चालन गरिएको कोरोनाको दोस्रो डोजको खोप लगाउने कार्यको पनि अनुगमन गरेको छ । प्रदेश अस्पतालमा मङ्गलबार ६४५ जनाले कोरोनाको दोस्रो डोजको खोप लगाएको आज पनि त्यही सङ्ख्यामा खोप लगाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस