आज नेप्से सामान्य अङ्कले बढ्यो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आज नेप्से सामान्य अङ्कले बढ्यो


प्रशासन संवाददाता

७ बैशाख २०७८, मंगलबार


शेयर बजार

काठमाण्डौँ । दुई दिन लगातार घटेको शेयर बजार आज भने सामान्य बढेको छ । नेप्से आज २.६८ अङ्कले बढेर २६६४.६१ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, निर्जीवन बीमा, लगानी र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । व्यापार समूहको शेयर ३४ अङ्कले बढेको छ, होटल तथा पर्यटन समूहको शेयर साढे एक अङ्कले, जलविद्युतको ३१ अङ्कले, विकास बैंक समूहको ४८ अङ्कले, फाइनान्सको झण्डै पाँच, माइक्रो फाइनान्सको ६ र जीवन बीमा समूहको शेयर ५४ अङ्कले बढेको छ ।

आज दुई सय १६ कम्पनीका एक करोड २३ लाख कित्ता शेयर पाँच अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नागरिक लगानी कोषको २१ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

युनाइटेड मर्दी हाइड्रो, महिला लघुवित्त, ज्योति लाइफ र हिमालय ऊर्जा विकास कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि आज समृद्धि फाइनान्स, ओरियन्टल फाइनान्स र छ्याङ्दी जलविद्युत् कम्पनीको शेयर दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस