२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी डाक्टर बनेका ७ जना पक्राउ

अ+ अ-

काठमाडौँ । शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर बनेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले देशका बिभिन्न अस्पतालमा कार्यरत सात जना नक्कली डाक्टरलाई पक्राउ गरेको हो।

पक्राउ परेका नक्कली डाक्टरलाई ब्युरोले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। ब्युरोका निर्देशक सहकुल थापाले नक्कली प्रमाणपत्र पेश गरी डाक्टर बनेको भन्ने विशेष सूचनाको आधारमा अनुसन्धान गर्दा उनीहरु पक्राउ परेको जानकारी दिए।

पक्राउ पर्नेहरुले एसएलसी लगायतको शैक्षिक प्रमाणपत्र नक्कली बनाई एमबीबीएस अध्ययनको लागि बंगलादेश जान नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति लिएको खुलेको छ। पक्राउ पर्नेहरुमा महोत्तरीका सुभाषप्रसाद साह र पल्लवी सिंह, धनुषाका मोहम्मद शाहिद राजा, मनाङका दीपेन्द्र गौतम, सप्तरीका अखिलेश प्रसाद देव र मोहमद सिद्दिकी, ललितपुरका फराज हुसेन खाँ छन्।

उनीहरुमध्ये मोहमद सिद्दिकी, सुभाषप्रसाद साह, मोहम्मद शाहिद राजा र दीपेन्द्र गौतम विभिन्न अस्पतालमा कार्यरत थिए। दीपेन्द्र गौतम पश्चिम रुकुमको चौरजहारी अस्पतालमा कार्यरत थिए। मनाङको चामे गाउँपालिका–१ का गौतमको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली भएको ब्युरोले जनाएको छ।

सुभाषप्रसाद साह जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा, मोहम्मद शाहिद राजा दीर्घायु गुरु हस्पिटल चावहिलमा र मोहमद सिद्दिकी न्यूरो हस्पिटल विराटनगरमा कार्यरत थिए। अन्य तीन जना भने कुनै संस्थामा कार्यरत नरहेको ब्युरोले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस