पाण्डेयको उपसचिव स्रोत सामग्री बजारमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पाण्डेयको उपसचिव स्रोत सामग्री बजारमा


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । उपसचिव भूपेन्द्र पाण्डेयद्वारा लिखित ‘उपसचिव स्रोत सामग्री’ पुस्तक वैशाख ५ गते आइतबारदेखि बजारमा आएको छ ।

पुस्तक लोक सेवा आयोगद्वारा निर्धारित नेपाल प्रशासन, परराष्ट्र, लेखापरीक्षण, न्याय र संसद् सेवाको उपसचिव पदको नयाँ पाठ्यक्रममा आधारित रहेको छ ।

पुस्तकका विषयवस्तु भने उपसचिव पदको दोस्रो पत्रका लागि समेत उपयोगी हुनेछ । उक्त पुस्तकमा हरेक विषयवस्तुको सैद्धान्तिक अवधारणा र नेपालको सन्दर्भमा व्यावहारिक प्रयोगको गहन विश्लेषण गरिएको छ ।

पुस्तक अत्यन्त सरल र सहज भाषामा लेखिएको छ । लोक सेवा आयोगको उपसचिव पदको परीक्षा तयारीमा रहेका परीक्षार्थीका लागि पुस्तक सफलताको सारथि हुनेछ ।

बजारमा उपसचिव पदको नयाँ पाठ्यक्रममा आधारित पुस्तकको अभावलाई यस पुस्तकले पूर्ति गर्ने विश्वास लिइएको छ ।

पुस्तकको प्रमुख विक्रेता भने पैरवी प्रकाशन रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस