उपत्यकाका सिडिओ भन्छन् -शैक्षिक संस्था बन्द गरौँ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपत्यकाका सिडिओ भन्छन् -शैक्षिक संस्था बन्द गरौँ


५ बैशाख २०७८, आइतबार


काठमाडौँ । उपत्यकास्थित तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरुले कोरोना रोकथामका लागि शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को सचिवालय छाउनीमा बसेको बैठकमा सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्न सुझाएका हुन् ।

भीडभाड हुने क्षेत्र र होटल–रेस्टुरेटलगायतलाई पनि मापदण्ड तोकेर मात्र सञ्चालन गर्न दिन पनि सिडिओहरुको सुझाव थियो ।

शनिबार सीसीएमसीको सिंहदरवारमा बसेको बैठकले शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्न र मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस