शान्तिपूर्ण जनसेना बनेर संगठित हुनुस्ः प्रचण्ड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शान्तिपूर्ण जनसेना बनेर संगठित हुनुस्ः प्रचण्ड


प्रशासन संवाददाता

५ बैशाख २०७८, आइतबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण जनमुक्ति सेना बनाउन युवालाई निर्देशन दिएका छन् ।

आज चितवनको माडी नगरपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले युवामाथि आफ्नो भरोसा रहेको बताए ।

प्रचण्डले भने,–‘हाम्रो भरोसा युवाहरुमाथि नै बढी छ । म चाहन्छु, तपाईंहरु गर्जिनुस् । सु–संगठित हुनुस् । लाखौँको शान्तिपूर्ण जनसेना बनेर संगठित हुनुस् । तर, त्यसोभन्दा मचाहिँ आराम गर्छु भन्नेमा छैन । म जिवनको उत्तरार्द्धमा गएको छु । जस्तोसुकै पीडा भए पनि सामना गर्न सक्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस