सिंहदरबारमा सीसीएमसी बैठक सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिंहदरबारमा सीसीएमसी बैठक सुरु


४ बैशाख २०७८, शनिबार


काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक केहीबेर अघिदेखि सुरु भएको हो ।

उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले दिएको जानकारी अनुसार बैठकमा बढ्दो कोरोना भाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुनेछ ।

यस्तै विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ । पछिल्लो समय संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय बन्दबारे निर्णय गरेको छैन भने १४ जिल्लाका विद्यालयमा नजान आग्रह मात्रै गरेपछि आम अभिभावक र विद्यार्थीमा अन्योलता उत्पन्न भएको अवस्था छ ।

सिसिएमसीका सचिव खगराज बरालले बैठक स्वास्थ्य मन्त्रालयको विद्यालय बन्द गर्ने विषयको छलफलमा केन्द्रित रहने जानकारी दिए । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले कम्तीमा ३० दिन विद्यालय बन्द गरिनुपर्ने बताउँदै आएका छन्

सम्बन्धित समाचार : सिंहदरवारमा सीसीएमसी बैठक बस्दै

Tags :
प्रतिक्रिया दिनुहोस