सिंहदरवारमा सीसीएमसी बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिंहदरवारमा सीसीएमसी बैठक बस्दै


४ बैशाख २०७८, शनिबार


काठमाडौँ । आज सिंहदरवारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बस्दैछ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको केन्द्रको बैठक दिउँसो २ बजेपछि बोलाईएको हो ।

बैठकमा बढ्दो कोरोनाभाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ । विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे पनि बैठकमा छलफल हुने स्रोतको भनाइ छ ।

पछिल्लो समय संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय बन्दबारे निर्णय गरेको छैन भने १४ जिल्लाका विद्यालयमा नजान आग्रह मात्रै गरेपछि आम अभिभावक र विद्यार्थीमा अन्योलता उत्पन्न भएको अवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस