साहित्यकार श्यामदास वैष्णवको निधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साहित्यकार श्यामदास वैष्णवको निधन


४ बैशाख २०७८, शनिबार


काठमाडौँ । साहित्यकार श्यामदास वैष्णवको निधन भएको छ। वैष्णवको शुक्रबार साँझ ७ बजे आफ्नै घर ज्ञानेश्वरमा निधन भएको हो।

नेपाली भाषासाहित्यका साधक उनको जन्म १९८१ साउन ५ गते भएको थियो । विगत तीन वर्षदेखि स्वास्थ्य समस्याका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका वैष्णव घरमै आराम गरिरहेका थिए।

वैष्णवको पहिलो रचना ‘शारदा’ पत्रिकामा ‘सूर्य’ शीर्षकको कविता प्रकाशित भएको थियो। उनका रातको आँसु–गीति कविता, पतकर–कविता संग्रह, अन्तरध्वनि–कविता संग्रह, उपहार–कविता संग्रह, केही लघु नाटक, केही गीति नाटक र साझा प्रकाशनबाट नयाँ लहर प्रकाशित छन् ।

उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रिय चेलाका रूपमा परिचित छन् । उनका कृति प्रेसमा लानुअघि वैष्णवले नै साफी गरिदिन्थे। उनले हाम्रो संस्कृति, माधुर्य, झंकार आदि पत्रिकाको सम्पादन पनि गरेका थिए ।

वैष्णवले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, देवकोटा शताब्दी पुरस्कार, भानुभक्त पुरस्कार, मुक्ति पुरस्कार, नइ देरूनीख प्रदीप्ति पुरस्कार, हरिहर शास्त्री सावित्री देवी साहित्यिक पुरस्कार र त्रिमूर्ति पुरस्कार पाएका छन्।

वैष्णवका चार छोरी, तीन छोरा र ९२ वर्षीया श्रीमती छन्।

Tags :
प्रतिक्रिया दिनुहोस