अन्नपूर्ण हिमालको यो सिजनको पहिलो आरोहण सफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अन्नपूर्ण हिमालको यो सिजनको पहिलो आरोहण सफल


३ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको यो सिजनको पहिलो सफल आरोहण गरेको छ ।

आधारशिविरबाट सेभेन समिट ट्रेक्सका निर्देशक छाङदावा शेर्पाले करिव ३० जना बढी आरोहीले हिमालको सफल आरोहण गरेको जानकारी दिए । यो सफल आरोहण यो सिजनकै पहिलो हो ।

सेभेन समिट ट्रेक्सका गाइड लाक्पा डेन्डी शेर्पा सहितको टोली चुचुरोमा पुगेको जनाएको छ । बाँकी आरोहीको नामवली प्राप्त भएको छैन ।

अन्नपुर्ण आरोहणका लागि यो सिजनमा चार आरोहणदलबाट ४४ जना आरोहीले अनुमती लिएको पर्यटन विभागको तथ्याङ्क छ।

Tags :
प्रतिक्रिया दिनुहोस