भारतमा पछिल्लो २४ घण्टामा २ लाख १७ हजारमा काेराेना संक्रमण‌ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतमा पछिल्लो २४ घण्टामा २ लाख १७ हजारमा काेराेना संक्रमण‌


३ बैशाख २०७८, शुक्रबार


नयाँ दिल्ली । भारतमा कोरोना संक्रमण दर उच्च देखिएको छ । संक्रमण उच्च भएसँगै पछिल्लो २४ घण्टामा २ लाख १७ नयाँ संक्रमित भेटिएका छन् ।

योसँगै भारतमा हालसम्म १ करोड ४० लाख ७४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १ करोड २४ लाख २९ हजार निको भइसकेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा१ हजार १८५ जना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७४ हजार ३०८ पुगेको छ ।

कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै अस्पतालहरूमा बेड, अक्सिजन तथा औषधीको अभाव भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस