बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु


प्रशासन संवाददाता

३ बैशाख २०७८, शुक्रबार


जनकपुरधाम । सप्तरीमा बसको ठक्करबाट एकजना एम्बुलेन्स चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–३ शम्भुनाथ मन्दिरको गेट अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ७८९२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको सिरहा औषधी व्यवसायको स।१च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान ३ बजेतिर भएको उक्त दुर्घटनामा एम्बुलेन्स चालक सिरहाको सुखिपुर बस्ने ५० वर्षीय छेदिलाल कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । ठक्कर दिने बसका चालक भने फरार भएका छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस