मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने


३ बैशाख २०७८, शुक्रबार


काडमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक सीता नेपालीले आज बस्ने प्रदेश सभाको बैठकमा शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेकी छिन्। नेपालीले माओवादी केन्द्र नेतृत्वको सरकारले तीन वर्षदेखि कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हाँसिल गर्ने उद्देश्यका साथ लागि परेको दाबी गरेकी छिन्।

मुख्यमन्त्री शाहीका पक्षमा मत दिन उनले बिहीबार अपिल नै जारी गरेकी थिइन्। नेकपा एमालेले समर्थन फिर्ता लिएको थियो।कर्णालीमा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, काँग्रेसका ६ र राप्रपाका १ सांसद रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस