थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु


२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ जनाको मृत्यु समेत भएको छ ।

यससँगै देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ भने, निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ ।

यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनाको परीक्षण भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस