गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य


प्रशासन संवाददाता

२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध काँग्रेस र माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्न लागिरहेका बेला गण्डकी प्रदेशसभाको चालु अधिवेशन बुधवार मध्यरातदेखि नै अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन समाप्त गरेका हुन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध आजै अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको छ।

काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरी दर्ता गर्न लागिएको सो प्रस्तावमा जनमोर्चाले पनि साथ दिने भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस