४७ लाखको झोला भाइरल हुँदै ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

४७ लाखको झोला भाइरल हुँदै !


एजेन्सी

२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । लुईस भिटन फेसन कम्पनीको एउटा ब्याग अहिले भाइरल नै बनेको छ । हवाइजहाजको आकारमा डिजाइन गरिएको उक्त कम्पनीको सो ब्याग गत जनवरीमा पेरिसमा सार्वजनिक भएको थियो ।

लुई भिटनका क्रियटिभ निर्देशक भर्गिल अब्लोले गत सार्वजनिक गरेको उक्त ब्यागको मूल्य ३७ हजार अमेरिकी डलर अर्थात् ४७ लाख ३ हजार रुपैयाँ रहेको छ ।

भर्गिल अब्लो फेसन लेभल अफ–ह्वाइटका संस्थापकसमेत हुन्। उनले पुरुषहरूलाई हुने खालको हवाइजहाज डिजाइनको पर्स डिजाइन गरेका हुन्।

गत वर्षको ग्रीष्ममा पनि अब्लोले साङ्घाइमा विभिन्न जनावर र खेलौनाको आकारमा बनेका ब्यागहरू सार्वजनिक गरेका थिए।

यसअघि अमेरिकी डिजाइनर थोम ब्राउनले हेक्टर ब्याग सार्वजनिक गरेका थिए। जुन निकै रोचक डिजाइनमा बनेको छ।

डिजाइनर थोमले यो ब्याग डास्हुन्ड प्रजातिको कुकुरबाट प्रेरित भएर बनाएका हुन्। यसको मूल्य अमेरिकी डलर २६ हजारदेखि ३० हजारसम्म तोकिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस