२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीकोटका ६० वटा वनमा आगलागी

अ+ अ-

मान्म । कालीकोट जिल्लाका ६० वनमा आगलागी भएको छ ।जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ ।

जिल्ला वन कार्यालय कालीकोटका निमित्त प्रमुख दीपकराज सन्ज्यालले भने, ‘रोकथामका लागि कर्मचारी खटाइएको छ । कति बेला कहाँ आगलागी हुन्छ पत्तै हुँदैन ।’ धेरै कर्मचारी आगलागी भएको क्षेत्रमा खटिएको र कति हेक्टर क्षेत्रफलमा आगलागी भयो भनेर यथार्थ तथ्याङ्क लिने काम भइरहेको उनले भने।

प्रारम्भिक विवरणअनुसार करीब २०० हेक्टरमा आगलागी भएको छ । सबै कर्मचारी फिल्डबाट फर्किएपछि यथार्थ तथ्याङ्क आउने निमिक्त प्रमुख सन्ज्यालले बताए । कालीकोटमा हाल २२० वटा सामुदायिक वन छन् । उपभोक्ताको असावधानीका कारणले सामुदायिक तथा सरकारी वनमा आगलागी भइरहेको छ ।

आगलागी भएका कारणले कालीकोटका वायु प्रदूषण बढेको त्यसले बुढाबुढी तथा बालबालिकालाई असर गर्ने जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिए । उनले मास्क लगाउन र अनाश्यक घर बाहिर नकिस्कन सबैलाई आग्रह गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस