सुनको मूल्यमा सामान्य वृद्धि « प्रशासन
prasaLogo
३० चैत्र २०७७, सोमबार

सुनको मूल्यमा सामान्य वृद्धि


प्रकाशित मिति : 12 April, 2021 11:03 am

काठमाडौँ । साताको दोस्रो दिन सोमबार (आज) सुनको मूल्य सामान्य रुपमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य ८९ हजार पाँच सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार एक ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७५ रुपैयाँमा करोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस