२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भद्रकालीमा १२ वर्षमुनिका बालकको गुरुकुल शिक्षा

अ+ अ-

काठमाडौँ । प्राचीन गुरुकुल पद्धतिलाई अनुशरण गर्दै राजधानीको भित्री भेगका ६० बालकलाई भद्रकाली मन्दिरको सत्तलमा लगातार तीन वर्ष तीन रातसम्म शिक्षादीक्षा दिइएको छ ।

वटु नाट्येश्वर गुठीमा आबद्ध २०० परिवारका ६० बालकलाई आइतबार भद्रकाली मन्दिरको सत्तलमा यज्ञ गरी शिक्षा दीक्षा दिइएको हो । बालकहरु शिक्षादीक्षाका लागि शनिबार रात बस्ने गरी मन्दिरको सत्तलमा बास बसेका थिए । महर्जन र डङ्गोल थरका ६० बालकले तीन वर्षसम्म शिक्षादीक्षा पाएसँगै गुठीमा हुने गतिविधिमा भाग लिन पाउने भएका छन् । प्राचीनकालमा तीन वर्षसम्म भद्रकाली सत्तलमै बसेर शिक्षादीक्षा दिइन्थ्यो । आधुनिकतासँगै तीन वर्षका स्थानमा प्रत्येक वर्ष एक÷एक रात राख्न थालिएको गुठीका उपसचिव दीपक महर्जनले जानकारी दिए ।

बालकलाई गुठी राख्नकै लागि बनाइएको भद्रकाली सत्तल हाल विभिन्न नाममा अतिक्रमण भएकाले एक रात राख्न पनि मुस्किल हुन थालेको गुठीका अधिकारीको गुनासो छ । बालक तीन वर्षसम्म सत्तलमै बसेर शिक्षा, दीक्षा लिँदा चैत्र कृष्ण चतुर्दशीका दिन अभिभावक दूध चिउरा खुवाउन आउने गर्छन् ।

बालकको तीन वर्षमा सकिने कर्म गत वर्षमै सकिनुपर्नेमा कोरोना महामारीका कारण बन्दाबन्दी गरिएपछि यसपटक समापन गरिएको हो । सङ्कटा र वटुको भद्रकालीलाई मूल भद्रकाली मन्दिरमा ल्याई जात्रासमेत गरिएको छ । भद्रकालीको आइतबार राति टुँडिखेलमा जात्रासमेत सम्पन्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस