इमर्जिङ नेपालले साधारण शेयर बिक्री गर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इमर्जिङ नेपालले साधारण शेयर बिक्री गर्ने


प्रशासन संवाददाता

२८ चैत्र २०७७, शनिबार


काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले आज जारी गरेको विज्ञप्तिअनुसार रु १०० अङ्कित दरका पाँच लाख ५५ हजार ६०० कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

शेयर बिक्रीका लागि एनआइसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गरिएको हो ।

सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको र छिट्टै साधारण शेयर बिक्री गरिने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस