विधानविपरीत काम गर्नेलाई साथ दिने दास हुन् : नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विधानविपरीत काम गर्नेलाई साथ दिने दास हुन् : नेपाल


प्रशासन संवाददाता

२७ चैत्र २०७७, शुक्रबार


विराटनगर । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी फुटाउने काम गरिरहेको आरोप लगाएका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले ओलीले पार्टी फुटाउँदा विरोधीहरू खुसी भएकोसमेत बताए ।

आफूहरू सबैलाई मिलाउने काममा लागिरहेको र निर्वाचनले मात्रै सबै विषयको निकास नदिने उनको भनाइ रहेको छ । अ‍ोलीले विधानविपरीत काम गर्दै अ‍ाएको उल्लेख गर्दै नेपालले उनलाई साथ दिनेहरू दास भएकोसमेत दाबीका गरेका छन् ।

नेपालले भने,‘विधानविपरीत काम गर्नेलाई पनि साथ, समर्थन दिने भनेका दास हुन् । हामी दास होइनौं । हामी केपी ओलीको मुख हेरेर आन्दोलनमा जुटेका होइनौं ।’ उनले ओलीको पक्षमा बहुमत नभएकाे पनि जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस