२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विषयगत समिति प्रतिनिधित्व सङ्ख्याका आधारमा हेरफेर होस् : एमाले

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले सर्वोच्च अदालतको पछिल्लो फैसलाका आधारमा उत्पन्न परिस्थितिलाई दृष्टिगत गरी प्रतिनिधिसभाका विषयगत समितिमा दलीय प्रतिनिधित्वको हैसियत र सङ्ख्याका आधारमा सदस्य रहने गरी हेरफेर गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर नेकपा (एमाले) का सांसद खगराज अधिकारीले अदालतको फैसलापछि सदनमा एमाले र नेकपा (माओवादी केन्द्र)को उपस्थिति बेग्लैरूपमा रहे पनि संसदीय समितिमा अझै नेकपाकै हैसियतमा रहनुपर्ने स्थितिलाई छिटो अन्त्य गर्न आवश्यक छ भने । उनले भने, ‘अदालतको फैसलापछि सदनमा एमाले र माओवादी केन्द्र नजिक भएर पनि बेग्लाबेग्लै बसाइको स्थितिमा छ, तर विषयगत समिति जाँदा अझै हामी पनि नेकपा बन्न बाध्य छौँ, यस्तो स्थिति संविधान, कानून, नियमावलीविपरीत छ, अब तत्काल सुधार गरियोस् ।’

सदनमा एउटा र समितिमा अर्को पार्टी हुने असंवैधानिक काम गर्न कसैले उक्साउन नहुने बताउँदै सांसद अधिकारीले भने, ‘हामी संविधानसम्मत हुन चाहन्छौँ, संसदीय व्यवस्थाअनुसार दलको शक्तिको आधारमा समितिमा प्रतिनिधित्व हुँदै आएको छ, हामी अहिले अलग भइसकेकाले अब हामी एमाले भएर समितिमा रहन चाहन्छौँ ।’ उनले भने, ‘सत्तापक्षलाई बाध्य पारेर दबाब दिन पाइँदैन, प्रतिनिधित्वअनुरुप समितिमा रहने व्यवस्था होस्, समितिका कामकारवाहीलाई संविधान, कानूनअनुसार अघि बढाउन आजकै बैठकबाट समितिमा सांसद रहने व्यवस्था गरियोस्, अन्यथा हामी गैरकानूनी कामको साक्षीको फड्केकिनारा हुन सक्दैनौँ ।’

जवाफमा सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा दलीय छलफल र सहमतिका आधारमा नामावली प्राप्त भएपछि समितिमा रहने सदस्यको फेरबदल गरिने स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस