काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका दुई कर्मचारीलाई बढुवा गर्ने निर्णय भएको छ ।
बुधवार बसेको बढुवा समितिको बैठकले दुई कर्मचारीलाई नेपाल शिक्षा सेवा पुस्तकालय विज्ञान समूह अन्तर्गतको राजपत्र अनङ्कित प्रथम श्रेणी पुस्तकालय सहायक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि सुशिल प्रसाद बराल र कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि देवकी कुमारी गौतमलाई बढुवा गर्ने निर्णय भएको छ ।
सूचना :