२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आवासविहीन परिवारलाई एकीकृत बस्तीको व्यवस्थापन गर्न प्रारम्भिक अध्ययन सम्पन्न

अ+ अ-

रसुवा । उपयुक्त स्थानमा भूमिको छनोट गरी आवासविहीन परिवारलाई एकीकृत बस्तीको व्यवस्थापन गर्न प्रारम्भिक अध्ययन कार्य पूरा भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति रसुवाद्वारा जिल्लाभित्रका पाँचवटै गाउँपालिका क्षेत्रभित्रको वस्तुस्थिति अध्ययन, स्थानीय तहका पदाधिकारीसँगको छलफल एवं अन्तरक्रियाबाट सुकुम्बासीको पहिलो खाका तयार पारिएको हो ।

पहिलो चरणको अध्ययनले रसुवा जिल्लामा करिब ५० भूमिहीन र २०० अव्यवस्थित बसोबास गर्ने व्यक्ति रहेको आकलन गरेको भूमिसम्बन्धी समस्या आयोगका विज्ञ सदस्य सुष्मा न्यौपानेले बताइन् । भूमिहीन दलित एवं सुकुम्बासीलाई आवास तथा कृषियोग्य जमिनको व्यवस्थापनमा मद्दत पुर्याउने विगतका आयोगले गरेका कामअन्तर्गत अधुरा कामको अध्ययन एवं समाधानको बाटो पहिल्याउने मुख्य उद्देश्यका साथ गृहकार्य अगाडि बढिरहेको छ ।

नापी, वन, मालपोत कार्यालय र जिल्ला समन्वय समितिका प्रमुखसमेत समावेश भएको सात सदस्यीय जिल्ला समितिले विगतमा आयोगद्वारा सङ्कलित सुकुम्बासीका मागपत्रसमेत एकसाथ अध्ययन गरिरहेको बताइन्छ । जोखिम क्षेत्र भनी कानूनले तोकेका र भूगर्भविद्ले सिफारिस गरी बस्न नहुने भनी तोकेका स्थानमा बासस्थान लिइरहेका वास्तविक भूमिहीनलाई योजनाबद्ध तरिकाले स्थानान्तरण गर्ने, कृषिकर्ममा संलग्न दलित एवं अन्य भूमिहीन सुकुम्बासीलाई कृषिका लागि उपयुक्त जग्गा उपलब्ध गराउने समेतका लक्ष्य रहेको बताइएको छ ।

रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ, केराघारी तथा वडा नं १ र २ अन्तर्गत सानोहाकु, फूलबारी, उत्तरगया गाउँपालिकाको वडा नं १ गोगने, मैलुङ करूम्राङजस्ता क्षेत्रमा बढी जोखिम मानिँदै आएको र समितिको पहिलो अध्ययन त्यस क्षेत्रमा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस