२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साहित्य र कला संरक्षणार्थ प्रतिष्ठान बनाउँछौँ : मुख्यमन्त्री शाही

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको साहित्य, कला र संस्कृति संरक्षणका लागि सरकारी प्रतिष्ठान बनाएर अघि बढ्ने बताएका छन् । कर्णाली साहित्य समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘पुरस्कार तथा सम्मान अर्पण समारोह’मा उनले सरकारले ऐनमार्फत त्यो प्रतिष्ठान अगाडि बढाउने बताए ।

उनले भने, ‘मुलुकमा साहित्य, कला, संस्कृति र भाषाले सम्पन्न प्रदेश हो कर्णाली, यसको उत्थानका लागि नागरिक तहबाट समाजले गरेको कार्य सराहनीय छ ।’ यद्यपि भाषा, साहित्य र कलामा पहिचानका निम्ति गहिरिएर लाग्न मुख्यमन्त्री शाहीले सुझाए । यसको निरन्तरताले नयाँ पुस्तालाई ऊर्जा मिल्ने र यहाँको समृद्धि तथा विकासका साथै उज्ज्वल भविष्य निर्माणमा साहित्य र कलाको विशेष योगदान रहने उनको भनाइ थियो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले कर्णाली सांस्कृतिक र जैविक सभ्यताको केन्द्रबिन्दु भएको बताए । यहाँको सांस्कृतिक सम्पदाको अभिलेखीकरण गर्न त्यसको उत्खनन गर्नुपर्नेमा जोड दिँदै उपकुलपति प्रा डा सिंहले भने, ‘मान्छे पदले नभई कामले चिनिन्छ, कर्णालीले नोबेल पुरस्कार पाउने गरी काम किन नगर्ने ?’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयले यहाँको आदिवासी ज्ञान, कला, सीप संरक्षणको तयारी गरिरहेको उनले जनाए।

प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायले साहित्य, कला र संस्कृतिमा नयाँ पुस्ताले आफ्नो मानक निर्माण गर्न कठिन भएको प्रतिक्रिया दिए । हिजोका पुर्खाले जन्माएका कला, साहित्य, संस्कृतिलाई नयाँ पुस्ताले सङ्गठित एवं संस्थागत गर्दै जानुपर्नेमा सदस्य डा रोकायको जोड थियो ।

जोशी, विष्ट र गिरी सम्मानित

कर्णाली साहित्य समाज सुर्खेतले कला, संस्कृति र साहित्यतर्फ विशेष योगदान पु¥याउनुहुने मुलुकका तीनजना स्रष्टालाई पुरस्कृत गरेको छ । समाजद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘पुरस्कार तथा सम्मान अर्पण समारोह’मा ललितपुर निवासी शताब्दी पुरुष सत्यमोहन जोशी, कैलाली टीकापुर निवासी कथाकार ललित विष्ट र सुर्खेत निवासी कलासाधक प्रेमदेव गिरीलाई पुरस्कृत गरेको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले तीनै स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेका हुन्। उक्त कार्यक्रममा कर्णालीको लोक संस्कृतिलगायतका दर्जनौँ कृतिका लेखक तथा शताब्दी पुरुष जोशीलाई ताम्रपत्रसहित ‘कर्णाली साहित्य साधना सम्मान’ प्रदान गरिएको छ । उक्त सम्मान समाजका संरक्षक महेशविक्रम शाहले ग्रहण गरे ।

त्यस्तै मुख्यमन्त्री शाहीले कथाकार विष्टको कथाकृति ‘मोहपथ’लाई रु ५० हजारको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ र नेपाली लोक एवं वाद्यवादनका क्षेत्रमा कर्णालीलाई नेपाल तथा विदेशमा चिनाउने योगदान पुर्याएका वरिष्ठ कलासाधक प्रेमदेव गिरीलाई रु २५ हजारको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ प्रदान गरे । समाजका अध्यक्ष खगेन्द्र अधिकारीले सानो छलफलबाट जन्मेको सोच आज जीवन्त संस्थामा परिणत भएकोमा खुशी लागेको बताए।

‘नेपाली साहित्य श्रीवृद्धि र कर्णालीको कला, संस्कृति तथा साहित्यलाई देश विदेशमा चिनाउन विशेष योगदान दिने सर्जक स्रष्टाको छनोटका आधारमा पुरस्कृत तथा सम्मान गरेका छौँ’, उनले भने, ‘गत वर्ष पनि ‘मरिचिका’ कथा सङ्ग्रहका कथाकार महेश थापा, कवि तथा उपन्यासकार बुद्धिसागर र कवि श्यामललाई सम्मान तथा पुरस्कृत गरेका थियौँ ।’

प्रतिक्रिया दिनुहोस