२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेपाङको आयआर्जन वृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण

अ+ अ-

मुग्लिन । बाख्रापालनबाट चेपाङको आयआर्जन वृृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–१ काउले र कालिङडाँडाका चेपाङलाई चितवनको सौराहास्थित सपना भिलेज सोशल इम्प्याक्ट र गाउँपालिकाले बोका वितरण गरेका हुन् ।

चेपाङ समुदायको जीवनस्तर उकास्ने उद्देश्यले ‘सबै यात्राको शुरुआत एक सपनाबाट हुन्छ’ नामक परियोजना शुरु गरेको इम्प्याक्टले फलफूलका बिरुवापछि मङ्गलबार बोयर जातको बोका वितरण गरेको हो । गाउँपालिकाको ३० र इम्प्याक्टको ७० प्रतिशत लगानीमा बोका वितरण गरिएको हो ।

परियोजनाअन्तर्गत यहाँका चेपाङ समुदायलाई ११ समूहमा विभाजन गरी प्रत्येक समूहलाई दुई/दुईवटाका दरले २२ बोका वितरण गरिएको छ । चेपाङ बस्तीमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले संयुक्तरूपमा समूहका अगुवालाई बोका हस्तान्तरण गरेका हुन् ।

गाउँपालिका अध्यक्ष गुरुङले चेपाङ समुदायको आर्थिक तथा सामाजिक विकासका लागि गाउँपालिकाले चेपाङ उत्थान कार्यविधि तयार गरेको र कार्यविधिअनुसार नै चेपाङ समुदायलाई सपना भिलेज सोशल इम्प्याक्टको सहकार्यमा बोयर जातका बोका वितरण गरिएको बताए । ‘अब मागेर होइन गरेर खानुपर्छ’ भन्ने नाराका साथ गरेर खाने वातावरण बनाउन विभिन्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

कार्यक्रममा इम्प्याक्टका अध्यक्ष गिरीले चेपाङ समुदायको जीवनस्तर उकास्न परियोजना शुरु गरिएको भन्दै दैनिक जीवनमा चेपाङ समुदायले गर्ने क्रियाकलापलाई प्रतियोगितामा समावेश गरी आर्थिक उन्नतिको बाटो परिचालन गरिएको बताए। उनले यसअघि फलफूलका बिरुवा वितरण गरिसकेको बताए ।

कार्यक्रमा वडा नं १ का वडाध्यक्ष नन्दलाल गिरीले परियोजनाले चेपाङ समुदायको आर्थिक, सामाजिक व्यवहारमा सकरात्मक परिवर्तन आएको बताए । यसअघि सरसफाइ, कृषि, बालबालिकालाई विद्यालय नियमित पठाउनेलगायत विभिन्न विधामा प्रतिस्पर्धा गराई रु सात लाख बराबरको पुरस्कार वितरण गरिसकेको पनि इम्प्याक्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस