२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खनाल-नेपाल समूहको भेलाले आगामी ३ महिनाको कार्ययोजना बनाउने

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले काठमाडौँमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्ययोजना बनाउने भएको छ ।

बृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध गर्दे स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो । मंगलबार सुरु भेलामा पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिने छ । १० वटै समुहमा उठेका सुझावलाई एकीकृत गरि भोलीको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पािरत गर्ने नेता गंगालाल तुलाधरले बताए ।

मूलभूत रुपमा वर्तमान परिवेशमा पार्टी एकता कायम गरी नेतृत्वको स्वेच्छाचारी कदम विरुद्धका अन्तरसंघर्षहरुलाई रणनैतिक रुपमा कार्यभारमा समावेश गरिने पनि उनले बताए । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पुनस् सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापहरुले पार्टी एकता भााडिने संकेत देखिएकाले आफूहरु कार्यकर्ता भेला गरी उनीहरुको सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको उनले उल्लेख गरे ।

उनले भने, ‘एकपक्षीय ढंगले स्वेच्छाचारी, दम्भ र घमण्डी स्वभावलाई देखाउदै पार्टी अध्यक्ष केपी ओली ले जुन प्रकारका हर्कतहरु देखाउन थाल्नुभयो, त्यसले पार्टी एकता भाँडिने संकेत देख्यौं । पछिल्लो श्रृंखला भनेको २८ गते केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी खोस्ने, एकपक्षीय रुपबाट पदाधिकारी सदस्य थपेको घोषणा गर्ने र कयौलाई पार्टी जिम्मेबारीबाट हटाउने र कारबाही गर्ने भन्ने स्थिति आएपछि हामी यो निष्कर्षमा पुग्यौं कि पार्टी जोगाउने हो भने स्वेच्छाचारी कदमको विरोधमा उत्रनु पर्दछ । यो पार्टीलाई एकतावद्ध गरेर लैजाने हो भने हैकमवादी प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छ । त्यस्तो खालको कुरा महसुस भईसकेपछि हामी यो ठाउँमा आइपुगेका हौं ।’

उनले एकताका साथ अघि बढ्नका लागि भेलाले उर्जा दिने विश्वास आफुहरुले लिएको बताए । उनले भेलामा भएको कार्यकर्ताको उपस्थितिले पार्टी अध्यक्ष ओलीको कामकारवाहीहरु कुनैपनि हालतमा सर्वस्वीकार्य छैन र विरोध योग्य छ भन्ने सन्देश पनि देशव्यापी रुपमा प्रवाहित गरेको दाबी गरे । पार्टी अध्यक्षले गुटगत भेलामा सहभागी भए कारवाही गर्ने बताईरहेका बेला पार्टी एकताका लागि जुनसुकै परिणाम भोग्ने मानसिकतामा नेताकार्यकर्ताहरु भेलामा सहभागी भएको पनि उनले बताए ।

उनले भने, ‘उहाँले कति कारवाही गरेर जानुहुन्छ, त्यो पनि हामी हेर्नेवाला छौं । हामी उहाादलाई भन्न चाहन्छौं तपाईं कारबाही गरेर देखाउनुहोस् । आजदेखि हामी कारबाहीका लागि लामबद्ध हुँदैछौं । २५ सय कार्यकर्ताहरु यहाँ लामबद्ध भएर । केपी ओली कमरेडलाई हामी भन्न चाहन्छौं तपाईं कारबाही गरेर देखाउनुहोस् । कारबाही गर्दे जाने हो भने त उहाँ पनि बाँकी रहनुहुन्न नि त । उहाँ भोलि गएर एैया पनि भन्न नसक्ने अवस्थामा पुग्नुहुन्छ ।’

उनले वृहतर वामपन्थी एकताबाट च्युत हुनुहुँदैन भन्ने मानसिकताले आफूहरु अगाडि बढ्दै गरेको अवस्थामा अध्यक्ष ओलीबाट एमाले पनि एकताबद्ध भएर अघि बढ्न नसक्ने परिस्थिति सिर्जना हुनु दुखद भएको प्रतिक्रिया दिए । विभाजित हुन नपरोस् भन्ने मनोविज्ञान कार्यकर्तामा देखिएको भएपनि नेतृत्वले विभेदपूर्ण व्यवहार गरेकाले समस्या भएको भन्दै उनले कुनै पनि कार्यकर्ता नेतृत्ववाट अपमानित भएर बस्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस