२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम विश्वविद्यालयमा गरिएको शुल्क वृद्धिको विरोध

अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा गरिएको शुल्क वृद्धि फिर्ताको माग गरिएको छ । पाँच विद्यार्थी सङ्गठनले आइतबार छुट्टाछुट्टैरुपमा प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले विभिन्न सङ्कायमा वृद्धि गरिएको शुल्क फिर्ताको माग गरेका हुन् ।

सहजरुपमा गुणस्तरीय शिक्षा पाउनुपर्ने ठाउँमा विभिन्न बहानामा गरिएको चर्को शुल्क वृद्धिले गरीब जनताका छोरोछारीको उच्च शिक्षा हासिल गर्ने सपनामा अवरोध सृजना गर्ने कार्य भएको विद्यार्थी नेता कैलाश चन्दले बताए।

‘कोरोना महामारीका कारण आर्थिक अवस्था कमजोर भएको बेलामा शुःल्क वृद्धि गर्नु हुँदैनथ्यो’, विद्यार्थी नेता कैलाश चन्दले भने, ‘विद्यार्थीको ढाड सेक्ने कार्य बन्द गरी विश्वविद्यालय प्रशासनले शुल्क वृद्धिको निर्णय फिर्ता लिनुपर्छ ।’ वृद्धि गरिएको शुल्क फिर्ता नभए आन्दोलनमा उत्रिनुबाहेक अर्को विकल्प नरहने उनको भनाइ रहेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार गोविन्द विष्टले आङ्गिक क्याम्पसको शुल्क समायोजन गरिएको बताए। ‘शुल्क वृद्धि गरिएको होइन’, उनले भने, ‘समायोजनमा आएका क्याम्पसको शुल्क फरकफरक आएकाले समायोजन गरेका हौँ ।’

शुल्क वृद्धिको अनेरास्ववियु, नेविसङ्घ, अखिल क्रान्तिकारी, अखिल छैटौँलगायत विद्यार्थी सङ्गठनले विरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस