कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ


१ चैत्र २०७७, आइतबार


काभ्रे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले भन्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन्।

काभ्रेपलाञ्चोक पुगेर शनिबार उनले अहिले मुलुकमा राजनीतिक फुटबल खेल सुरू भएको बताए।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल शुरु भएको र आफूहरुसँग शक्तिशाली खेलाडी रहेकाले अन्त्यमा खेल आफूहरुले नै जित्ने जिकिर उनको छ।

यसअघि पनि बल हानिसकेको अवस्थामा पोलमा ठोक्किएर फर्किएको उल्लेख गर्दै उनले अबको प्रहारमा गोल गर्नेमा आफूहरु नै हुनेमा ढुक्क रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस